सुरक्षाका विधि अपनाएर मेलम्ची खानेपानीको काम जारी

बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी लामिछानेले जानकारी दिए । आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन् । सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन…