बहराइनमा एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण भेटियो

बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन्। बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको जनाएको छ। योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको दूतावासले जनाएको छ। बहराइनमा संक्रमितको…