कोरोना रोकथामका लागि गाउँकै खाद्यान्न, तरकारी र मासु प्रयोग गर्ने नीति

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ। खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गाउँपालिकाले गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो। स्थानीय उत्पादनलाई परिचालन गरी खाद्यान्न परिपूर्ति गर्ने योजनाअनुसार बाहिरको खाद्यान्न प्रवेशमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी…