शेयर कारोबार वैशाख २५ गतेसम्मै बन्द रहने

सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेसंगै शेयर बजार पनि सोही दिनसम्म बन्द हुने भएको छ । सरकारले लकडाउनको समय थप दश दिन बढाएपछि सेयर कारोवार पनि दश दिनसम्मका लागि फेरि बन्द गरिएको हो । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङगानाले शेयर बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको जानकारी दिए । चैत १० गतेदेखि बन्द…