नेपाल राष्ट्र बैंकले सामान आयात गर्दा गरिने बीमा तथा ढुवानीमा स्वदेशी सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्वदेशी बीमा तथा ढुवानी कम्पनीलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकले मंगलबार विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सामान आयात गर्दा गरिने बीमा सम्भव भएसम्म स्वदेशी कम्पनी मार्फत नै…