नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, मर्जर र एक्विजिशनको एजेण्डा समावेश

नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश वितरण तथा मर्जर तथा एक्विजिशनमा जाने लगायतका एजेण्डा पारित गर्न माघ ८ गते बिहीबार ३४ औँ साधारण सभा आह्वान गरेको छ। बैंकको पुस १० गते बसेको संचालक समितिको ५४१ औँ बैठकले केन्द्रीय कार्यालय दरबार मार्ग काठमाण्डौमा सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट संचालन गरिने छ…