अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ,मानिस बचेमा अर्थतन्त्र पुनः उठाउन सकिन्छ : प्रमको विशेष अन्तर्वार्ता

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम जनताले…