प्रदेश २ मा १ हजार ८३६ जनाको र्‍यापिड टेस्ट

प्रदेश नं २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कोरोना भाइरसको र्‍यापिड डायगोनष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ । प्रदेशमा शनिवारसम्म एक हजार ८३६ को परीक्षण गरिएकामा सबैभन्दा बढी पर्साका ९२३ कोे परीक्षण गरिएको हो । अन्य जिल्लातर्फ सप्तरमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव…