काठमाडौँ । संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा एल्युमिनियममा ५० प्रतिशतसम्मको भन्सार शुल्कवृद्धिले विश्व व्यापारमा असन्तुलन र अविश्वास बढ्न सक्ने चिन्ता एक वरिष्ठ अर्थविश्लेषकले व्यक्त गरेका छन् । बोस्निया हर्जेगोभिनाका आर्थिक विश्लेषक गावरान इगोरले अमेरिकाको पछिल्लो निर्णयले बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर पार्ने भन्दै यस्तो एकपक्षीय कदमले दीर्घकालीन रूपमा सबै देशहरूलाई असर गर्ने…