एयर अरेबियाको उडानबाट आएका तीनमा कोरोना देखिएन

नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका कास्की जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा…