चीनबाट ५० हजार बढी कीट ल्याइँदै, नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र

सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने विश्वास व्यक्त गरेको छ। राजधानी बाहिर धरानमा सम्भवतस् शनिवारबाट सुरु गर्न सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ५० हजारभन्दा बढी कीट ल्याइँदै छ। उनले भने, 'चीनबाट कीट आएपछि हामीले नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र स्थापनाको निम्ति…