सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयन विरूद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको हो। सर्वाेच्चले दुबै पक्षलाई असोज १४ गते छलफलका लागि बोलाएको…