पाकिस्तानले आइतबारदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने

पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा शुक्रबार गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि भनी बन्द सेवालाई सरकारले सञ्चालनमा ल्याउने घोषणा गरेको हो । पाकिस्तानले कोरोनाभाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो ।  नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा जारी…