लकडाउनको हल्ला र प्रोफिट बुकिङ्गले शेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक ४२.७८ अंक अर्थात २.९७ प्रतिशतले घटेर १३९६.२८ अंकमा बन्द भएको छ। काठमाण्डौं उपत्यकामा दिनप्रतिदिन बढ्दो कारोना संक्रमणका बीच सरकारले फेरि लकडाउनको गराउने हल्लाले लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा उच्च अंकको गिरावट आएको हो। अर्कोतर्फ यसअघि शेयर किनेका लगानीकर्ताहरुले अब बजारमा थप करेक्शन आउनसक्ने आंकलन गर्दा बजारमा बिक्री चाप…