विदेशबाट फर्किने नेपाली ७ रात होटलमा अनिवार्य वस्नुपर्ने

विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल सङ्घ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट स्वीकृत कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य सङ्गठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी विदेशबाट स्वदेश फर्काइने नागरिकलाई होटलको सेवा उपलब्ध गराउने जनाएको…