मेलम्ची सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ। अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ। चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ। इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान…