कुनै बेला पाँच विकास क्षेत्रका लघुवित्त कम्पनीहरु समस्याग्रस्त भएर पुन: मर्जर गराएर एकीकृत कारोबार थालेको ग्रामीण विकास लघुवित्त (GBLBSL) फेरि लकडाउनका कारण खराब कर्जाले थिचिएको छ । गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तमा खराब कर्जाको अंश नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा नाघेको छ भने नोक्सानी व्यवस्थाका कारण सञ्चालन नोक्सानीमा पुगेको…