चीनसंगको ‘पहिलो चरण’को व्यापार सम्झौता वासिङ्टनमा: ट्रम्प

अमेरिका र चीनबीच लामो समयदेखि प्रतिक्षा गरिएको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुनेभएको छ ।अमेरिका–चीनबीच हुने भनिएको ‘पहिलो चरण’को व्यापार वार्तामा अर्को महिनाको मध्यतिर वासिङ्टनमा हस्ताक्षर गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताएका हुन । “हाम्रो चीनसँग हुने पहिलो चरणको बृहत् व्यापार सम्झौतामा मैले जनअरी १५ मा हस्ताक्षर गर्नेछु, राष्ट्रपति ट्रम्पले ट्विटर सन्देशमा लेखेका छन ।…