अमेरिकी अर्थतन्त्र १९४७ पछि अहिलेसम्मकै खराब, ३२.९ प्रतिशतको गिरावट

कोरोनाभाइरस महामारीबीच अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक) मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ३२.९ प्रतिशत संकुचित भएको सरकारले बिहीबार जनाएको छ । यो गिरावटलाई सरकारी अधिकारीले अपेक्षा गरिएभन्दा सामान्यत कम खराब भएपनि अमेरिकी आर्थिक रेकर्डमा सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो । सरकारले भनेको छ, “वाणिज्य विभागको तथ्याङ्क वार्षिक दर हो त्यसैले अन्य विकशित…