शेयर धितो कर्जाको मूल्याङ्कन सीमा ७५% पुर्याउन र विद्युतीय रकमान्तर सीमा हटाउन राष्ट्र बैंकलाई सुझाव

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयरको मूल्यांकनको सीमा ७५ प्रतिशतसम्म पुर्याउन र शेयर कारोबारको रकम भुक्तानी सहजताका लागि रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ। बोर्डले कोरोना महामारीको धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरुको बजार सुधार सम्बन्धी माग तथा…