चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ (एडेनोभाइरस ५) भ्याक्सिन सफल भएको छ । लेनसेट जर्नलमा शुक्रबार प्रकाशित रिपोर्ट अनुसार २८ दिन अघि १८ देखि ६० वर्षसम्मका १०८ जना व्यक्तिहरुमा दिईएको यो भ्याक्सिनले सुरक्षित रुपमा ईम्युन क्षमता बढाएको पाईएको छ । भ्याक्सिनको एक डोजले नै दुई हप्ताभित्र ‘टी सेल्स’ भनिने प्रतिरक्षा कोषहरू उत्पादन भएको…