यूएईलाई नेपालमा लगानी गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनी रुपमै लगानी सुरक्षाको प्रत्याभूति गरिएको भन्दै नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट् (युएई) का लगानीकर्तालाई आग्रह गरेका छन । युएईको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री पोखरेलसँग दुबई उद्योग वाणिज्य सङ्घका अध्यक्षले बुधबार भेट गर्दा उनले नेपाल सरकारले निजी सम्पत्तिको राष्ट्रियकरण नगरिने, स्वदेशी तथा विदेशी लगानीबीच कुनै विदेभ नगरिने व्यवस्था गरेको…