पोखराका दुई सहकारी संस्था एकीकरण भएका छन् । पोखरा महानगरपालिका–२५, हेम्जास्थित गौरीशङ्कर बचत तथा ऋण सहकारी संस्था र पोखरा–१४ चाउथेस्थित चाउथे कृषि सहकारी संस्थाले आइतबार आयोजित कार्यक्रममा एकापसमा गाभिएको घोषणा गरेका हुन् । सरकारले बैङ्कलाई जस्तै सहकारीलाई पनि एकीकरणमा जान प्रोत्साहन गरेकाले दुवै संस्था एकीकरण भएर संयुक्त कारोवार शुरु गरिएको गौरीशङ्करका अध्यक्ष केशवशरण पौडेलले बताए।…