नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले मिति २०७७ जेठ २० गतेको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी विभिन्न कर विवरण र कर रकम लकडाउनकै अवधि जेठ २५ र जेठ मसान्तभित्र बुझाउन गरिएको ताकेताले व्यवसायीहरु त्रसित भएका छन् । विभागको सूचनामा मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७६ फागुन र चैत महिनाको मासिक कर विवरण, माघ…