नेपाल चेम्बर र जर्जिया चेम्बरबीच आर्थिक अभिवृद्धि गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिजबीच लगानी, व्यापार र आर्थिक अभिवृद्धि गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच आज उक्त समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा दुई देशका उद्यमी व्यवसायीबीचमा प्रचलित कानून र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको…