नेपालको विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार, १२८ वटासँग घाटा, नाफा भएकासँग नाम मात्रैको व्यापार

नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक बर्षको चैतसम्मको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ। व्यापार नाफामा रहेका मुलुकको कारोवार भने असाध्यै न्यून छ। नाम मात्रैको व्यापार ती देशसँग भएको विवरणमा उल्लेख छ। छिमेकी देश चीन र…