स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ६६ हजार ७७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पिसिआर प्रविधिबाट १३ हजार ८५० र आरडिटी प्रविधिबाट ५२ हजार २२७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा…