जो सुकै भए पनि बालुवाटारको सरकारी जग्गा फिर्ता ल्याइन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै संलग्न भए पनि सरकारी जग्गा फिर्ता ल्याइने दृढता व्यक्त गर्नुभएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा आज सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा पार्टीका अध्यक्षसमेत रहनुभका प्रधानमन्त्री ओलीले बालुवाटारको ललिता निवास र अन्यत्रका सरकारी जग्गा फिर्ता ल्याइने बताउनुभएको हो । उहाँले…