शेयर बजारमा पुन: कागजी युग फर्किएको भन्दै लगानीकर्ता चिन्तित, लाभकर गणना डिजिटल गराउन माग

शेयर कारोबारको पूँजीगत लाभकर गणना विधी र प्रक्रिया सच्याउन माग राख्दै शेयर लगानीकर्ताहरुले नियामकीय निकायहरुमा धर्ना दिन थालेका छन् । लगानीकर्ताहरुका विभिन्न संस्थाले सीडीएससी, धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयको ध्यानकर्षण गराएका छन् । शुक्रबार नेपाल इन्भेस्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपाल धितोपत्र बोर्डमा डेलिगेसन गएको छ । यता पूँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता दबाव…