वाणिज्य, आपूर्ति तथा संरक्षण विभाग निजी क्षेत्रसँग सहकार्य गर्न तयार

वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले व्यापार, व्यवसाय प्रवद्र्धनमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । नेपाल चेम्बर अफ कमर्शले आज आयोजना गरेको वाणिज्य नीतिसम्बन्धी छलफलमा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजार अनुगमनमा मात्र सीमित नभई व्यापार सहजीकरणमा समेत ध्यान दिइने बताए । उनले उपभोक्ता संरक्षण ऐनअनुसार लेबल लगाइएका वस्तु बिक्री गर्न उद्यमी व्यवसायीलाई आग्रह…