सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र स्थापना गरेको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त केन्द्रको उद्घाटन गरेका हुन । साइबर आक्रमण र सोको सम्भावनाको सम्बन्धमा सुक्ष्म अनुगमन गरी साइबर सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्य केन्द्रको छ । केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम…