केही महीना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धोबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो। यो बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे। सामान्य अवस्थामा समेत यहाँ सडक जाम हुनु नौलो कुरा थिएन। बिदाको दिन बाहेक प्रायः बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्मको…