नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका कारणले अत्यावश्कीय बाहेक घरबाहिरसमेत निस्कन पाइँदैन । यस्तो अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरु औषधिका लागि स्वास्थ्य संस्थासम्म पुग्न सक्ने अवस्था छैन । विकट गाउँबस्तीमा त झन यस्तो समस्याबाट धेरै नै प्रभावित बनेका छन्…