नेपालमा पनि कोरोना संक्रमण फैलन नदिन सरकारले चैत ११ देखि बैशाख १५ गतेसबै देशभर हाल लकडाउन गरेर कोरोना संक्रमितको पहिचान र उपचारमा जुटेको छ। कुनै पनि व्यक्तिमा कोभिड १९ को संक्रमण भएको छ कि छैन भनेर सुरुमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधि मार्फत नमुना परिक्षण गरिरहेको सरकारले बुधबारसम्ममा वाग्मति र सुदूर पश्चिममका सबै जिल्ला सहित…