रसुवागढी र सान्जेन जलविद्युतको शेयर बिहीबार बाँडफाँड हुने, सबै आवेदकले पाउने

जनताको जलविद्युत आयोजना अन्तर्गत निष्काशन भएको रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर बिहीबार बाँडफाँड हुने भएको छ। दुवै कम्पनीको आईपिओ सम्पूर्ण आवेदकले कम्तिमा दश कित्ताका दरले  पाउने भएका छन् । बिहिबार दिउँसो तीन बजे ऊर्जा मन्त्रालयको सभाहलमा मन्त्री वर्षमान पुनले शेयर बाँडफाँड गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।…