प्रदेश २ मा बन्यो राहत वितरण निर्देशिका

प्रदेश २ सरकारले कोरोना भाइरसको जोखिम रोक्न जारी लकडाउनबाट प्रभावितका लागि राहत वितरण निर्देशिका तयार गरेको छ। प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरुले पाउने छैनन्। वास्तविक समस्यामा परेकाबाहेक अरुलाई राहत नदिइने भएको हो। प्रदेश सरकारको निर्णयअनुसार परिवारका कुनै पनि सदस्य राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा नरहेको अवस्थामा मात्रै राहत…