सुदूरपश्चिममा प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। प्रदेशका ७ जिल्लामा यस अगाडि नै शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार भएपछि ९ वटै जिल्लामा बीमा कार्यक्रम विस्तार भएको हो। स्वास्थ्य बीमा बोर्डले बुधबार डोटी र बिहीबार डडेल्धुरामा शुभारम्भ गरेसँगै प्रदेशभर बीमा कार्यक्रम लागू भएको बोर्डले जनाएको छ। स्वास्थ्य उपचारमा…