जनताका समस्या समाधान गर्ने उद्योग व्यवसायीको प्रतिबद्धता

लकडाउनका समयमा राष्ट्र र सरकारलाई सहयोग गर्न तथा आपूर्ति लगायत विषयमा जनताका समस्या समाधान गर्न उद्योगव्यवसायीले प्रतिबद्धता जनाएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड र विभिन्न उद्योग व्यवसायीबीच राज्यमन्त्रीकै कार्यकक्षमा बुधबार र आज भएको छलफलमा उनीहरुले लकडाउनका समयमा गरीब, विपन्न तथा मजदूर आदिका समस्या समाधान गर्न आफूहरु दृढ भएको प्रतिबद्धता व्यक्त गरेका हुन्।…