नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सार्वजनिक गरेको उक्त नीति उद्योगी, व्यवसायी, बैंकर्सलगायत संस्थाका प्रतिनिधिले तरलता व्यवस्थापन, बिग मर्जर र व्याजदरको स्थायित्वमा केन्द्रित रहेको बताएका छन् । व्याजदरको स्थायित्व र तरलता व्यवस्थापनमा नीति केन्द्रित नीति सार्वजनिकपछि…