साझा यातायात सहकारी संस्थामा नेपाल सरकारले गरेको ३ अर्व रुपैयाँ लगानी फिर्ता गर्ने भएको छ । बिहीबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा संचारमन्त्री एंवम सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले ब्याज सहित लगानी फिर्ता लिने निर्णय गरेको जानकारी दिए। सरकारले विद्युतीय बस सञ्चालनका लागि संस्थाको तीन अर्ब रुपैयाँ बराबरको शेयर खरीद गरेको थियो । संस्थाले…