बलात्कार प्रयास मुद्दामा जिल्ला अदालतबाट महराले पाए सफाइ

काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरप्रसाद पौडेलको एकल इजलासले सोमबार महराविरुद्धको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो। संसद सचिवालयकी कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । महरा माथि लागेको अभियोग मागदाबीमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको…