राष्ट्रिय बीमा कम्पनीमा गैर कानु्नी रुपमा संचालक नियुक्त गरिएको भन्दै कम्पनीका एक सञ्चालकले बीमा समितिमा उजुरी दिएका छन् । कम्पनी ऐन २०६३ ले गरेको व्यवस्था विपरित सञ्चालक समितिले सञ्चालक नियुक्त गरेको भन्दै कम्पनीका सञ्चालक अशोककुमार उप्रेतीले समितिमा उजुरी दर्ता गराएका हुन् । महिला सञ्चालक नियुक्त गर्नु पर्ने कानुनी व्यवस्थालाई टेकेर सञ्चालक समितिले गलत निर्णय गरेको…