काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाए । पसिना बगाए । उनलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही गरौँ भन्ने सपना देख्न थाले । उनी दुई वर्ष पूरा भएपछि जन्मस्थान…