नेपाल एसबीआई बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाको पदवहाली ग्रहणपछि पहिलो निर्णयको रुपमा नेपाल एसबीआई बैंकलाई '१०% नेपाल एसबीआई बैंक ऋणपत्र २०८६' निष्काशनका लागि स्वीकृति प्रदान गरेका थिए । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री…