घरदैलामा बैंक पुग्दा पनि सेवाग्राही असन्तुष्ट, वित्तीय पहुँच भने बढ्यो

केही वर्षअघिसम्म रकम जम्मा गर्न मानिसहरु बैंक धाउँथे । आजकाल वित्तीय पहुँच सहज भएकाले बैँकर्सहरु आकर्षण नारा दिएर ग्राहकका घरदैलामा पुग्न थालेका छन् । उनीहरुले आफ्ना संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलासम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेपछि बैंकप्रतिको विश्वास बढ्दै गएको छ । विश्व बैंकका अनुसार सन् २०१७…