‘भूकम्पपछिको पुनः निर्माण सन्तोषजनक’, समस्या समाधान गर्न कार्यकारी समितिलाई निर्देशन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्ले पुनः निर्माणको काम छिटो गरी आइपरेको समस्या समाधान गर्न कार्यकारी समितिलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार बसेको परिषद्को पाँचौं बैठकले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको संरचना पुनःनिर्माण सन्तोषजनक रुपमा भइरहेको प्रस्तावसमेत पारित गरेको छ । बैठकले पुनःनिर्माणका क्रममा प्राप्त भएका अनुभवलाई लिपीबद्ध गरी भावी पुस्ताका…