सिमेन्टको गुणस्तरका सम्बन्धमा सरकारको निर्णय सच्याउन विज्ञको सुझाव

नेपाल सरकारले ओपिसी सिमेन्टको गुणस्तरका सम्बन्धमा लिएको पछिल्लो निर्णयबाट पूर्वाधार निर्माणमा गुणस्तर कायम हुन नसक्ने हुँदा त्यसलाई सच्याउन विज्ञहरुले सुझाव दिएका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा आमन्त्रित विज्ञहरुले ओपिसी सिमेन्टका सम्बन्धमा कायम गर्न खोजिएको मापदण्ड ठीक नभएकाले त्यसलाई लागू नगर्न राय दिए । समितिले त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सहप्राध्यापक नुतनप्रसाद भट्टराई र प्राडा…