नेपाल बैंकर्स संघका नवनिर्वाचित कार्य समितिका सदस्यले पदभार ग्रहण गरेका छन्। शनिबार पोखरामा आयोजना गरिएको एक कार्यक्रममा भुवन दाहालको नेतृत्वमा चयन नयाँ कार्यसमितिको पदभार ग्रहण भएको हो। भुवन दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। दाहालको नेतृत्वमा गत महिना नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो। उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन…