एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ । चीनको पहलमा स्थापित यस बैंकमा अफ्रिकी मुलुकहरु बेनिन, जिबुटी र रुवान्डाले सदस्यता लिएसँगै बैंकका सदस्यहरुको संख्या एक सय पुगेको हो । लक्जेम्बर्गमा आयोजित बोर्ड अर्फ गभर्नरको चौथो वार्षिक बैठकका क्रममा तीन मुलुकलाई सर्वसम्मत रुपमा नयाँ सदस्यता प्रदान गरेको घोषणा गरिएको थियो…