सुनको मूल्यमा लगातार तेस्रो दिन पनि गिरावट

काठमाडौँ । यो साता लागेसँगै लगातार नेपाली बजार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो भने आज मंगलबार तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।…